६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

राजेश पायल राई अमेरिकाको सांगीतिक टुरमा

राजेश पायल राई  अमेरिकाको सांगीतिक टुरमा

काठमाडौं : अहिलेका सर्बाधिक लोकप्रिय र व्यस्त गायक राजेश पायल राई ‘राई इज किङ’ अमेरिकाको सांगीतिक टुरमा छन् । सधैंको वर्ष जस्तै राई अमेरिकाको सांगीतिक टुरमा निस्किएका हुन् ।

गायक राईले दशैंमा अमेरिकाको स्याटलमा भव्य सांगीतिक प्रस्तुती दिए । ‘भुटनिज कम्युनीटि अफ स्याटल’को आयोजनामा भएको कार्यक्रममा भएको कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो ।

यसैगरी आगमी अक्टोबर २६ तारिखका दिन अर्थात् कात्तिक १० गते गायक राई ओहायोको एक्रोन शहरस्थित रोयल प्यालेसमा प्रस्तुत हुनेछन् ।

त्यसपछि उनको टेक्सास, अस्टीन राज्यहरुमा उनको सांगीतिक कार्यक्रम रहेको छ । राईले हरेक बर्ष दशैं र तिहार अमेरिकामा नै मनाउने गरेका छन् । कोरोनाको समय सन् २०१९ र २०२० बाहेक उनको हरेक दशैं र तिहार अमेरिकामा हुने गरेको छ ।

यस बर्षको दशैं तिहार सकेर नेपाल फर्के लगत्तै ‘दर्शन नमस्ते-५’ र किराती भाषाको एल्बम ‘स्यामुना’  निकाल्ने तयारी गरेका छन् । दुई एल्बम लगत्तै उनी युरोपको सांगीतिक टुरमा निस्किनेछन् ।

त्यसो त सम्मानमा अमेरिकाको रोचेस्टरमा हरेक वर्षको नोभेम्बरलाई ‘राई इज किङ डे’ मनाउने गरिएको छ । २०७४ मा रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल अलेक्जन्डरले संयुक्त रूपमा सम्मान गर्दै उक्त घोषणा गरेका थिए ।

यो सम्मानलाई ‘अन्तरराष्ट्रिय मञ्चमा नेपाली कलाकारले पाएको अहिलेसम्मकै ठूलो सम्मान’ भनिएको छ । राईलाई रोचेस्टर शहरकी मेयर लभ्ली वारेन, डाइरेक्टर डेपुटी मेयर डा.कार्डिक एल अलेक्जन्डरले सम्मान गर्दै, ‘अन्तर्राष्ट्रिय पप स्टार’को संज्ञा दिएका छन् ।