८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

फेलिक्सको दुई गोलमा चेल्सी विजयी

फेलिक्सको दुई गोलमा चेल्सी विजयी

न्युयोर्क- चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ । गएराती भएको खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने मिखाइलो मुड्रीक र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरेका थिए ।

चेल्सीको युरोपा लिगमा यो लगातार दोस्रो जित हो । यो जितपछि चेल्सी २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी पानाथिनाइकोसको २ खेलमा एक अंक रहेको छ र लिगमा २९औं स्थानमा रहेको छ ।