९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

चक्रवात आँधी ‘दाना’ जमिनमा बज्रिएपछि भारतको ओडिशा र पश्चिम बङ्गालमा ठूलो वर्षा

चक्रवात आँधी ‘दाना’ जमिनमा बज्रिएपछि भारतको ओडिशा र पश्चिम बङ्गालमा ठूलो वर्षा

न्युयोर्क- तीव्र चक्रवाती आँधी ‘दाना’ जमिनमा बज्रिएपछि पूर्वी भारतीय राज्य ओडिशा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा ठूलो वर्षा भएको छ । ओडिशाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बीचमा बज्रिएको आँधीले ठूलो वर्षा भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

झन्डै एक सयदेखि एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा आएको चक्रवातले ओडिशा र पश्चिम बङ्गालका धेरै क्षेत्रमा रुखहरू ढलाउनुका साथै बिजुलीका तारमा क्षति पुर्‍याएको छ । चक्रवातले केही अत्यावश्यक सेवाहरूमा बाधा पुगेको र बालीमा क्षति पुगेको तथा प्रभावित क्षेत्रको जनजीवनमा असर गरेको खबरमा उल्लेख छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार ‘दाना’ चक्रवात उत्तर ओडिशा हुँदै उत्तर–पश्चिमतर्फ बढ्ने र आउँदा घण्टामा बिस्तारै कमजोर हुने सम्भावना छ ।

चक्रवातको अवधिमा सावधानीका लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाई तथा रेल सेवाहरू शुरू भइसकेको अधिकारीहरूले जनाएका छन् । प्रभावित राज्यका स्थानीय सरकारहरूले यसअघि झन्डै १० लाख जना मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी विद्यालयहरू बन्द गरेको सूचना जारी गरेका थिए ।