१ जेष्ठ २०८२, बुधबार
14 May 2025, Wednesday

नर्वेले सामाजिक सञ्जाल प्रयाेग गर्नका लागि न्यूनतम उमेर सीमा १५ वर्ष पुर्‍याउने

नर्वेले सामाजिक सञ्जाल प्रयाेग गर्नका लागि न्यूनतम उमेर सीमा १५ वर्ष पुर्‍याउने

न्युयोर्क- नर्वेले सामाजिक सञ्जाल प्रयोग गर्नका लागि न्यूनतम १५ वर्षको उमेर सीमा लागू गर्ने भएको छ ।

नर्वेले बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा बढाएर १५ वर्ष पुर्‍याउन लागेको बेलायतको अखबार ‘द गार्जियन’ ले जनाएको छ । प्राविधिक कम्पनीहरू साना बालबालिकाको दिमागविरुद्ध खडा भएको सरकारको दाबी छ ।

नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेले बालबालिकालाई ‘अल्गोरिदम’ को शक्तिबाट जोगाउन राजनीतिज्ञहरूले हस्तक्षेप गर्नैपर्ने बताउनुभएको खबरमा उल्लेख छ । प्रधानमन्त्री जोनासले सामाजिक सञ्जाल प्लेटफर्महरू उद्योगद्वारा दुरुपयोग भइरहेको र यसले प्रयोगकर्ताहरूलाई एकल दिमाग र शान्त बन्न अग्रसर गरिरहेको बताउनुभएको छ ।

नर्वेमा अहिले समाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर सीमा १३ वर्ष छ । यद्यपि आधाभन्दा बढी नौ वर्षका बालबालिका, ५८ प्रतिशत १० वर्षका र ७२ प्रतिशत ११ वर्षका बालबालिका सामाजिक सञ्जालमा रहेका नर्वेको सञ्जार प्राधिकरणले जनाएको छ ।