इंग्लिस प्रिमियर लिगमा आज पाँचवटा खेल : सिटीलाई शीर्ष स्थानमा पुग्ने मौका
- १० कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँचवटा खेल हुँदैछन् । आज राति पौने ८ बजे चारवटा खेल हुनेछन् । जसमा म्यानचेस्टर सिटी र साउथह्याम्पटन, ब्रेन्टफोर्ड र इपस्विच टाउन, ब्राइटन र उल्भ्स तथा एस्टनभिल्ला र बर्नमाउथबीच खेल हुनेछ ।
आजको खेल जितेमा साविक विजेता सिटी अङ्कतालिकाको शीर्ष स्थानमा पुग्नेछ । सिटी ८ खेलमा २० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको समान ८ खेलमा २१ अङ्क छ । त्यस्तै आज राति सवा १० बजे एभर्टन र फुलहमले खेल्नेछन् ।