भर्जिनियामा पहिलो पटक मनाइयो कुकुर तिहार
- १५ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको हेमार्केट भर्जिनियामा पहिलो पटक कुकुर तिहार मनाइएको छ । अब त्यहाँ हरेक वर्ष अक्टोबर महिनाको अन्तिम आइतबार कुकुर तिहार मनाइने घोषणा समेत गरिएको छ ।
गत अक्टोबर २७ का दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म हेमार्केट भर्जिनियामा कुकुर तिहार धुमधामले मनाइएको हो । कार्यक्रममा डिसी, मेरिल्याण्ड र भर्जिनिया क्षेत्रबाट दर्जनौं दर्जन कुकुर ल्याइएको थियो । उक्त उत्सवमा करिब २०० वटा कुकुर सहभागी गराइएको थियो । त्यसक्रममा लामो रातो कपडा ओछ्याई कुकुरहरुलाई हिंडाइएको थियो ।
स्थानीय नेपाली समाजसेवी जीवन तिवारीले हरेक वर्ष अक्टोबर महिनाको अन्तिम आइतबारलाई अमेरिकामा कुकुर तिहार दिवसका रूपमा मनाउने प्रस्ताव राखेका थिए ।