अमेरिकामा विदेशीसँगै नेपालीले समेत मनाए हालोविन पर्व
- १६ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क: हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि हर्सोल्लासका साथ मनाएका छन् । अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण अगाडी र पछाडि मनाउने क्रम जारी रहेको छ । नेपालीहरूको दोस्रो ठुलो महान् चाड तिहारको लक्ष्मी पूजा तथा कुकुर तिहारकै दिन परेकोले अझ मनोरञ्जन गर्दै अमेरिकामा जन्मिएका दोस्रो पुस्ताले समेत यो पर्व खेले ।
हालोविन पर्वलाई हृदय देखि नै स्वागत गर्दै अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाएका छन् ।आफ्नो चाड पर्वको साथै अमेरिकामा मनाइने ईसाई पर्व थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस)सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले धूमधामसँग मनाउन सुरु गरेका छन् ।
नेपालीहरूले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरूले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन पर्व मनाएका हुन् । साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी विदेशीहरूले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरूले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउँमा हालोविन पर्व खुसी हुँदै मनाएका छन् ।
प्रायजसो कालो रङ्गको पोसाकमा देखिएता पनि विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई (चकलेट) माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई बढ्ने प्रचलन रहेको छ । हालोविन खेल्न आउनेलाई पैसा अथवा दक्षिणा दिनु पर्दैन ।
बालबालिका तथा किशोर किशोरीले मिठाई (चकलेट) माग्ने गर्छन् । यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि साथमा जाने चलन छ ।