७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

अमेरिकामा बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरू एक अर्काका कमजोरी खोतल्दै

अमेरिकामा बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरू एक अर्काका कमजोरी खोतल्दै

न्युयोर्क- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट र ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्वाचन मिति (नोभेम्बर ५) नजिकिँदै गर्दा दुवै उम्मेदवारले एकअर्काका कमजोरी खोतल्दै आरोपप्रत्यारोप लगाउने क्रम जारी छ । उनीहरूले ह्वाइट हाउसको लागि आफ्नो अति प्रतिस्पर्धात्मके दौडलाई अति प्रतिस्पर्धा हुने देखिएका पश्चिमी राज्यहरूमा केन्द्रित गरेका छन् ।

उनीहरूले आप्रवासनको सवालमा आफ्ना धारणा राख्दै नोभेम्बर ५ मा मतदान समाप्त हुनुभन्दा पाँच दिन अघि शुक्रबार ल्याटिनोहरूलाई रिझाउने प्रयास गरेका छन् ।

पश्चिमका तीनमध्ये एक राज्यमा ट्रम्पले सीमावर्ती राज्य न्यू मेक्सिकोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आप्रवासीले अमेरिकाभरि नै हिंसात्मक हत्याको अभियान चलाइरहेको बताएका छन् ।

डेमोक्र्याटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्व राष्ट्रपतिले चुनावको निर्णायक हुने अपेक्षा गरिएका सात राज्यहरूमा एक अर्कालाई लखेट्दै गर्दा, ह्यारिसले लस भेगासमा सयौँ ख्यातिप्राप्त व्यक्तिहरू सहभागी भएको चुनावी प्रदर्शनमा थप उत्साहित सन्देश दिएका छन् ।

ह्यारिसले बुधबार एक र्यालीमा अमेरिकी महिलाहरूलाई ‘संरक्षण’ गर्न चाहेको भन्दै ट्रम्पको टिप्पणीलाई लिएर उनको आलोचना गरेकी थिइन् । उनले महिलाको प्रतिकुल उक्त टिप्पणीलाई ‘सबैका लागि अपमानजनक’ भनेकी छन् ।