बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी चयन
- १८ कार्तिक २०८१
- १ मिनेटको पढाई
बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बेडनक चयन भएकी छन्। दलको नेता बनेपछि उनले बेलायतका मतदाताको विश्वास जित्न पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने प्रतिबद्धता जनाइन्।
४४ वर्षिया केमी ब्रेक्जिटको कडा समर्थक हुन्।उनी आप्रवासी मुद्दा र तेस्रो लिंगी समुदायको अधिकारका विषयमा कडा विचार व्यक्त गर्दै आएकी छन्। यसअघि कन्जरभेटिभ पार्टीका नेतामा पूर्व प्रधानमन्त्री ऋषि सुनक थिए। सुनकको नेतृत्वमा कन्जरभेटिभ पार्टीले पछिल्लो निर्वाचनमा खराब प्रदर्शन गरेको थियो।
सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो ।