फोटो पत्रकार केसीको अमेरिकामा निधन
- १८ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- फोटो पत्रकार राजेन्द्र केसीको अबुद्ध रोगबाट अमेरिकामा निधन भएका छ । मेटास्टेटिक घातक प्यान्क्रियाटिक क्यान्सरबाट उनको निधन भएको पारिवार स्रोतले जानकारी दिएको छ ।
फोटो पत्रकार क्लबको पूर्व कोषाध्यक्षसमेत रहेका केसी राजधानी दैनिक, अन्नपूर्ण पोस्टलगायतका विभिन्न सञ्चारमाध्यमहरूमा करिब २ दशक फोटो पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय उनी परिवारसहित अमेरिका बस्दै आएका थिए। केसीका श्रीमती र एक छोरी छन्।