अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
- १९ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईलेले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन।
“यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाई रहेको छ,” बाघाईले पत्रकार सम्मेलनमा भनेका हुन। “यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन,” उनले भने ।
अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ ।
अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानसमर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमाण्डरको हत्या गरेको थियो भने यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।
बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन । इरानसमर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए।
इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो।
सोमबार इरानका राष्ट्रपति मसूद पेजेशकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले हामीमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए। पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए।