६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

राष्ट्रपति निर्वाचन : चिसोको बाबजुद बिहानैदेखि मतदान केन्द्रहरूमा लामो लाइन

राष्ट्रपति निर्वाचन : चिसोको बाबजुद बिहानैदेखि मतदान केन्द्रहरूमा लामो लाइन

न्युयोर्क । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि मंगलबार मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ः३० बजेसम्म चल्नेछ ।

बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै यहाँका मानिसहरू लाइनमा बस्न थालेका छन् । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा छ । राष्ट्रपति चुनावअघिको सर्वेक्षणले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखाएको छ र उनीहरूबिच एक अङ्कको मात्रै भिन्नता रहेको छ ।