२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

अमेरिकी राष्ट्रपति अपडेट : ट्रम्प निकै अगाडि

अमेरिकी राष्ट्रपति अपडेट : ट्रम्प निकै अगाडि

न्युयोर्क-  नयाँ राष्ट्रपतिका अमेरिकामा मंगलबार भएको मतदानको अहिले मतगणना जारी छ।

मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच प्रतिस्पर्धा भइरहेको छ। हालसम्म ट्रम्प अगाडि छन्। आम चुनाव जित्न २७० इलेक्टोरल मत ल्याउनुपर्ने हुन्छ। हालसम्म ट्रम्पले १७८ इलेक्टोरल मत ल्याएका छन् भने ह्यारिसले ९१ इलोक्ट्रोरल मत ल्याएका छन्।

२६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् ।