नर्थ क्यारोलिनामा कमला ह्यारिस पछि परिन्
- २१ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अगाडि रहेका छन् ।
हालसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना हुँदा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् ।
साउथ क्यारोलिनामा पनि ट्रम्पकै अग्रता छ । ताजा मत परिणामअनुसार समग्रमा ट्रम्प अगाडि छन् । ट्रम्पले १६२ इलेक्टोरल भोट ल्याउँदा ह्यारिसको ३४ छ ।