१२ मंसिर २०८१, बुधबार
27 November 2024, Wednesday

अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ३८ राज्यको नतिजा सार्वजनिक, रिपब्लिकन पार्टीका ट्रम्प अगाडि

अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ३८ राज्यको नतिजा सार्वजनिक, रिपब्लिकन पार्टीका ट्रम्प अगाडि

न्युयोर्क- अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउन थालेको छ । अहिलेसम्म ३८ राज्यको नतिजा आएको छ । १२ वटाको मतगणना बाँकी छ ।

मतगणना भइसकेकामध्ये २४ राज्यमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ राज्यमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी हुनुभएको बीबीसीले जनाएको छ । ट्रम्पको २ सय ४६ र कमलाको १ सय ८७ अङ्क रहेको छ । जीतका लागि २ सय ७० अङ्क आवश्यक पर्छ ।

दुई पार्टीबीचको मतकाे अन्तर निकै कम भएको सात वटा ‘स्विंग स्टेट’ को नतिजा नआएसम्म चुनावको नतिजा कता जान्छ भन्ने अनुमान गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् । यी राज्यहरूमा ९३ सिट छन् । अहिलेसम्म ट्रम्पले यीमध्ये एउटा नर्थ क्यारोलिना जित्नुभएको छ ।

न्यूओर्क टाइम्सकाअनुसार ट्रम्प बाँकी सातमध्ये चार राज्यमा अगाडि हुनुहुन्छ । राष्ट्रपतिको चुनावसँगै अमेरिकी संसद्को दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि चुनाव भएको छ । यसमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।