६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

ममता राईको अध्यक्षतामा युक्रा न्यूयोर्कद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

ममता राईको अध्यक्षतामा युक्रा न्यूयोर्कद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

न्यूयोर्क : युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका (युक्रा) न्युयोर्क च्यापटरद्वारा आयोजित देउसी भैलो कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ। युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता राईको अध्यक्षतामा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा बलिहाङ चाडको अवसरमा देउसी-भैलो २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन च्याप्टर महासचिव बिके (सन्तोस) राईले गरेका थिए । च्यप्टरकी बरिष्ठ उपाध्यक्ष वसन्ती राईले स्वागत भाषण द्वारा स्वागत गरी कार्यक्रमको सुरुवात गरेकी थिइन् । कार्यक्रमा प्रमुख अतिथिको रुपमा जनजाति महासंघ नेपालको पूर्व उपाध्यक्ष तथा जनजाति महासंघ अमेरिका(फिप्नाको) वर्तमान सल्लाहकार डण्डु ढ्योक्पा शेर्पा रहेका थिए।

नेपालीहरुको मौलिक चाडपर्व मनाउने उद्देश्यले र नेपाली संस्कृतिको विदेशी भूमिमा नै भए नि जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको अध्यक्ष ममता खालिङ राईले बताईन्। उनले कार्यव्यस्थताको कारणले देउसि-भैलो पनि लक्ष्मीपूजा भन्दा अगाडि मानिएको उल्लेख गरिन्।

साथै कार्यक्रममा विशेष अतिथिको रुपमा युक्रा केन्द्रीय अध्यक्ष जय थुलुङ राई र मेयर कार्यालयकी दक्षिण एशियाली समुदाय सम्पर्क (इकाई) पत्रिसिया रघुनन्दन (सुखरानी) रहेका थिए। कार्यक्रममा अतिथिहरू जनजाति महासंघ अमेरिका (फिप्ना)का वरिष्ठ उपाध्यक्ष तुल बहादुर तमाङ, एनआरएनए न्युयोर्क च्याप्टर कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा, ईन्टरनेश्नल मार्शल आर्ट्स् एशोसियसनका संचालक तथा अन्तरर्राष्ट्रिय कराते निर्णायक पर्खी खालिङ राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, युक्रा केन्द्रिय उपाध्यक्ष केसवराम राई, युक्रा केन्द्रिय बोर्ड सदस्य गरचा किरात, नेपाली कलाकार संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष बिमल डाँगी, कुइन्स् कम्युनिटी बोरिड-३ का सदस्य तथा मानोरिटी इम्पावरमेन्ट नेटवर्कको अध्यक्ष श्याम कार्की कुइन्स काउन्टी डिस्ट्रिकट लिडर तथा कुईन्स कम्युनिटी बोर्ड-२ का सदस्य छेमाङ लामा, कुईन्स काउन्टी डिस्ट्रिक्ट लिडर विष्णु राना मगर, शेर्पा किदुकका महासचिव साङदोर्जे शेर्पा, पत्रकार जस कुमार राई, पत्रकार सम्राट कार्की, किरात राई यायोक्खा जापानका निवर्तमान अध्यक्ष बिनोद राई र जनजातिको महासंघ अमेरिकाका महासचिव नारद राई उपस्थित थिए।

कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुको तिहार तथा दिपावलीको शुभकामना दिंदै कार्यक्रम भव्यताका साथ सफल बनाउन सघाउ पुर्‍याएका थिए। साथै सबैजनाले नेपाली कला संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रम अति आवश्यक भएको पनि उल्लेख गरे।

कार्यक्रमकै अवसर पारेर प्रमुख अतिथि डोण्डु ढ्योक्प्या शेर्पाले मेयर कार्यलयकी दक्षिण एशियाली समुदाय सम्पर्क (इकाई) पत्रिसिया रघुनन्दन (सुखरानी) मार्फत न्युयोर्क सिटी मेयर एरिक एड्मस्द्वारा चुनावी अभियानमा नेपाली समुदायलाई जुनसुकै कार्यक्रम गर्नको लागि सुविधायुक्त भवन बनाइदिने भनिएको प्रतिबद्धता पुरा गराउन अनुरोध पनि गरे।

कार्यक्रमा शुभकामना आदानप्रदान कार्यक्रम सकिएलगत्तै देउसि-भैलो कार्यक्रम भएको थियो। देउसी भैलो भट्याएर युक्रा केन्द्रीय अध्यक्ष जय थुलुङ, लोकप्रिय गायक बिमल डाँगी तथा स्थानीय कलाकार यशोदा राईले कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए।

सम्बन्धित खबर