२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

काठमाडौं- अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ बिहीबार छठ पर्व मनाइएको छ। कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटका रुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम  छठी माताको पूजाआजा गर्दै यो पर्व मनाइएको हो।

रामघाट र जमुहार नदीमा ५ हजार बढी भक्तजनहरूले छठको सामूहिक पूजा गरेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ। यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरूले सूर्यको विशेष पुजापाठ गरी  सामूहिक रुपमा यो पवै मनाएका हुन।

यस वर्ष भने गत वर्षको तुलनामा भक्तजनहरूको संख्या दोब्बर थियो। यस वर्ष भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए। भक्तजन जम्मा भएर सामूहिक रुपमा पूजापाठ समेत गरेका थिए। पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदायका सहभागी थिए। विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधना समेत गरेका थिए।

छठमा उपबास बसी  पूजाआजा गर्नाले पारिपार सुख संवृद्धिका साथै सन्तान प्राप्ति र रोग व्याधि समेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ। उनीहरुले उक्त नदीमा पूजा गरी प्रसादका रुपमा आज बासको सामग्रीमा अध्र्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका  परिकार चढाएका थिए।

छठ पर्वका लागि पूजा व्यवस्थापन  समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि विशेष व्यवस्था गरेको थियो । समितिले टेन्ट, लगायतका सामग्रीहरूको ब्यवस्था गरेको थियो। चार दिन सम्म मनाइने छठ शुक्रवार बिहान सम्पन्न हुदैछ। चोखो भोजन ग्रहण गर्ने, सुयास्त पछि एक छाक खाने, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ। पूजा स्थलको सुरक्षार्थ नेपाल प्रहरी समेत र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।