यु-१९ महिला विश्वकप छनोट: युएइ द्वारा नेपाललाई १ सय २३ रनको लक्ष्य
- २४ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- युएईमा जारी महिला यु-१९ टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको आफ्नो तेस्रो खेलमा नेपाललाई युएइले जितका लागि १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनायो।
शनिबार युएईको अजमान स्थित द सेभेन स्टेडियममा युएइले टस जितेर पहिले ब्याटिङ गरेको युएइका लागि रिनिथा रजिथाले सर्वाधिक ४८ रन बनाउँदा लभन्या केनीले २० रन बनाइन। त्यस्तै इन्दुजा नन्दकुमारले १२ रन बनाएकी थिइन्। नेपालका लागि रिया शर्माले ३ विकेट लिंदा पुजा महतो, कृष्मा गुरुङ्ग र सिमा केसीले समान १-१ विकेट लिए।
दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो अन्तरले हराएर अपराजित रहेका छन्। त्यसैले विश्वकप छनोटमा यि दुई टोलीबिचको विजेताले बाजि मार्ने सम्भावना बलियो छ। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दुबै टिमको यो तेस्रो खेल हो।
युएईले पनि पहिलो खेलमा कुवेतलाई १ सय ६ रन दोस्रो खेलमा थाइल्याण्डलाई ७४ रनले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। २९ कात्तिक सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएइ, कुवेत र थाइल्याण्ड सहभागि रहेका छन्। नेपालको चौथो खेल २५ कात्तिकमा थाइल्यान्डसँग खेल्ने छ।
डबल राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्दा अन्तिम खेलमा २८ कात्तिकमा नेपालले युएइको सामना गर्ने छ। छनोटको शीर्ष टोली अर्को वर्ष मलेसियामा हुने टी-२० विश्व कपका लागि छनोट हुने छ।