भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी
- २४ कार्तिक २०८१
- १ मिनेटको पढाई
टोकियो– जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउदै शनिबार आपतकालीन चेतावनी जारी गरेको छ । जसमा बाढी पहिरोलगायतका जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आह्नवान गरिएको छ ।
विभाग अनुसार प्रतिकुल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो ।
योरोनमा, २४– घन्टामा ५९४ मिमी वर्षा भएको छ जुन सन् १९७८ मा डाटा संकलन सुरु भए देखिको सबैभन्दा बढी हो । ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिमीको वर्षा रेकर्ड भएको जनाउदै स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् भने साँझसम्म गम्भीर वर्षा हुने अनुमान गरिएको छ ।
यस क्षेत्रकाका बासिन्दाहरूलाई सम्भावित बाढी–पहिरो र नदीको बढ्दो स्तरका लागि सतर्क रहन सूचित गरिएको छ ।