६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

यू-१९ महिला विश्व कपको एसिया छनोट : यूएईसँग नेपाल स्तब्ध

यू-१९ महिला विश्व कपको एसिया छनोट : यूएईसँग नेपाल स्तब्ध

न्युयोर्क- यू-१९ महिला विश्व कपको एसिया छनोटको तेस्रो खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले हार व्यहोरेको छ।

शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले पराजित भएको हो। यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रनको योगदान दिइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरेपनि टोलीको हार टार्न सकिनन्।

सना प्रविन र सोनी पाख्रिनले समान १९ रन बनाए। ज्योत्सिना मरासिनी ११ रनमा अविजित रहिन्।

त्यसअघि अजमानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो।

यूएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन्। इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन्। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो। नेपाल र यूएईले हालसम्म समान ४(४ अंक प्राप्त गरेका छन्।

सम्बन्धित खबर