१८ मंसिर २०८१, मङ्लबार
3 December 2024, Tuesday

स्वीङ स्टेटमा ट्रम्पको क्लिन स्वीप

स्वीङ स्टेटमा ट्रम्पको क्लिन स्वीप

न्युयोर्क- अमेरिकाको नवनिर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पले स्वीङ स्टेटका रूपमा रहेको एरिजोनामा पनि जीत हासिल गर्नुभएको छ । योसँगै ट्रम्ले अमेरिकी राष्ट्रपती चुनावमा जीत हासिल गर्न महत्त्वपूर्ण मानिएका सात वटै स्वीङ स्टेटमा जीत हासिल गर्दै स्वीङ क्लिन स्वीप गरेको बीबीसीले जनाएको छ ।

योसँगै ट्रम्पको पक्षमा तीन सय १२ इलेक्टोरल मत भएको छ । उनकी प्रतिस्पर्धी एवम् वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको दुई सय २६ मत भएको छ । अमेरिकी राष्ट्रपती चुनाव जित्न दुई सय ७० मत भए पुग्छ । यस्तै माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५२ सदस्य जितेको छ ।

माथिल्ल्लो सदनमा बहुमतका लागि ५० सीट चाहिन्छ । अझै पनि एरिजोना र पेन्सिल्भेनिया राज्यहरूबाट परिणाम आउन बाँकी छ । तल्लो सदनमा रहेका चार सय ३५ मध्ये ट्रम्पको पार्टी रिपव्लिकनले दुई सय १५ सीट आफ्नो पक्षमा पारेको छ । अझै पनि १९ ठाउँको परिणाम आउन बाँकी छ । तल्लो सदनमा बहुमतका लागि दुई सय १८ सीट चाहिन्छ ।