अमेरिकाको जंगलमा लागेको डढेलो फैलिने क्रम जारी
- २७ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- उत्तरपूर्वी संयुक्तराज्य अमेरिकामा डढेलो फैलिने क्रम जारी छ । डढेलो केही दिनअघि न्युयोर्क सहरको उपनगरीय क्षेत्रहरूमा पुगेको बताइएको छ ।
सहर र वरपरका क्षेत्रहरूमा वायुको गुणस्तर बिग्रँदै गएको अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्र हडसन नदीको पश्चिमी किनार, म्यानहट्टनको नजिक र सेन्ट्रल पार्कको लगभग १३ किलोमिटर उत्तरमा अवस्थित छ ।
फायर फाइटरहरू जेनिङ्स क्रिक नजिकैको ठूलो जंगलको आगो निभाउन लागिपरेका छन् ।