सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न रवि लामिछानेलाई रुपन्देही लगियाे
२७ कार्तिक २०८१
१ मिनेटको पढाई
काठमाडौं- रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवामा लगिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा पुराइएको हो ।
लामिछानेलाई भैरहवा ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
भैरहवा बिमानस्थलबाट लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ ।
विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् ।