२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

२० वर्ष पहिलेको केसले गण्डिकी प्रदेशका मन्त्री दीपक मनाङेलाई पूर्यायो जेलमा (भिडयाे)

२० वर्ष पहिलेको केसले गण्डिकी प्रदेशका मन्त्री दीपक मनाङेलाई पूर्यायो जेलमा (भिडयाे)

काठमाडौं- गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ ।
मनाङेलाई नार्गाजुन नगरपालीका–२ सानोभर्याङबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

२०६१ बैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङ्ेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो ।
उक्त फैसलालाई यहि कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो । पक्राउ गरेपछि प्रहरीले मनाङेलाई जिल्ला अदालत काठमाडौंमा हाजिर गराएको थियो ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् ।