स्कोल्जद्वारा अमेरिकी सम्बन्ध र युक्रेनका लागि समर्थनको वाचा
- २८ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- सरकारी सङ्कटमा फसेका जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बुधबार डोनाल्ड ट्रम्पको चुनावी जितपछि अमेरिकी सम्बन्धलाई बलियो बनाउने र युद्धग्रस्त युक्रेनलाई समर्थन कायम राख्ने वाचा गरेका छन ।
संसद्मा बोल्दै उनले आफ्नो सरकारको रेकर्डको उत्साहपूर्ण रक्षा गरे र फेब्रुअरी २३ का लागि निर्धारित आकस्मिक चुनावका लागि अगाडि बढ्ने बाटोलाई औँल्याए।
ट्रम्प ह्वाइट हाउसमा पुनः निर्वाचित भएको दिन र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले गम्भीर अवरोधको सामना गरिरहेको समयमा स्कोल्जको तीन दलीय गठबन्धन एक हप्ता अघि विस्फोट भएको थियो ।
उनले तीन दिनअघि ट्रम्पसँग ‘राम्रो कुराकानी’ भएको र जर्मन–अमेरिका सम्बन्ध ‘दशकौँदेखि हाम्रो देशको सफलताको आधार रहेको’ जोड दिए।
“यहाँ वा त्यहाँ को सत्तामा भए पनि, यो सम्बन्ध राम्रोसँग विकास हुन जारी छ भनेर सुनिश्चित गर्न हामीले आगामी दशकहरूमा हामीले गर्नसक्ने सबै कुरा गर्नुपर्छ”, उनले भने।
ट्रम्पको चुनावी विजयले युक्रेनलाई भविष्यको अमेरिकी समर्थनको स्तरमा शङ्का खडा गरेको छ । युक्रेनमा रूसको प्रतिरोधमा अहिले पनि तेस्रो हिउँद चल्दैछ ।
स्कोल्जले युक्रेनलाई जर्मन समर्थन रोकिने छैन भनेर प्रतिज्ञा गर्नुभयो । उहाँको सरकार वासिङ्टनपछि किएभलाई सैन्य सहायता प्रदान गर्ने दोस्रो ठूलो प्रदाता हो ।
“युक्रेनलाई एक्लै नछोड्नु हाम्रो दायित्व हो, किएभले हाम्रो देशमा र हाम्रो एकजुट भावनामा भरोसा गर्न सक्छ”, उनले भने, “यो युद्ध अझ बढ्न नदिन र हामी युद्धको पक्ष बन्न नपरोस् भनी सुनिश्चित गर्न हामीले गर्न सक्ने सबै कुरा गर्नु पनि त्यति नै महत्त्वपूर्ण छ ।”