६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

फिप्नाद्वारा लुम्बिनीका पूर्व-मुख्यमन्त्री चौधरीसँग अन्तरक्रिया

फिप्नाद्वारा लुम्बिनीका पूर्व-मुख्यमन्त्री चौधरीसँग अन्तरक्रिया

न्युयोर्क : नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले लुम्बिनी प्रदेशका पूर्व-मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग अन्तरक्रिया गरेको छ।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा फिप्नाले यही शनिबार लुम्बिनी सरकारका पू्र्व- मुख्यमन्त्री , केन्द्रीय सरकारका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीसँगको Meet & Greet कार्यक्रम फिप्नाकै ऑफिस एल्महर्स्टमा गरेको हो।

कार्यक्रमको सुरुवात फिप्नाका सचिव दाजिमा शेर्पाले प्रमुख अतिथि डिल्लीबहादुर चौधरीले गर्नु भएका संघर्षहरु, २ लाख कमैयाहरुलाई मुक्त गराएका कुरा र सोही कार्य गरेर पाएका सम्मानहरुका बारेमा उल्लेख गरेका थिए।

उक्त कार्यक्रम फिप्नाका महासचिव दीपक चौधरी र सचिव दाजिमा शेर्पाले सञ्चालन गरेका हुन्।फिप्नाका वरिष्ठ उपाध्यक्ष तुलबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा डिल्ली बहादुर चौधरी तथा थारू कल्यानकारिणी सभाका केन्द्रीय कोषाअध्यक्ष चुर्ण बहादुर चौधरी रहेका थिए। साथै कार्यक्रममा संघीय परिषदका सभामुख, सदस्य संस्थाका प्रतिनिधिहरु र नेपाल सरकारका पूर्व पर्यटन सद्भावना दूत केशव राम राई, जन सम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङ, नेपालिजम डटकमका प्रमुख सम्पादक प्रदीप परीयार थापा लगायत फिप्नाका सभामुख एवंम कार्यसमितिहरू र सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रममा सम्पादक परियार थापा, अतिथि चुर्णबहादुर चौधरी, प्रमुख अतिथि डिल्लीबहादुर चौधरीलगायतले आफ्नो धारणा राखेका थिए।

छलफलमा विगतमा थारु तथा अन्य समुदायका मान्छेले भोग्नुपरेका विषय र उनीहरुको मुक्तिका लागि आफूलगायतका मानिसले गरेको प्रयासको वयान गरेका थिए।

हरेक गाउॅगाउॅहरुमा पैदल यात्रा गरेर पिछाडीएका थारुहरुलाई संगठित गर्दै शिक्षा पहुँच पुर्याउन गरेको प्रयासको पनि उनीहरुले खुलेर वर्णन गरेका थिए।

त्यस्तै छलफलमा नेपालमा कमैया आन्दोलनको कारण आदिवासीहरु सबैले सहुलियत पाएको पनि बताएका थिए।

उक्त भेटघाटमा औपचारिक कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तोरण गुरुङले नेपालका मूलबासी भनेको आदिवासी भएको कुरालाई बिर्सन नहुने बताएका थिए। आदीवासी जनजाती आन्दोलनले गर्दा आफ्नो पहिचान मौलिकतालाई माया गर्न जानेका उनले बताए। साथै आफूहरुलाई मुल बासी तथा भूमिपुत्रको स्थान दिनुपर्ने उनले बताए। अन्त्यमा उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए।

सम्बन्धित खबर