६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

रवि लामिछानेलाई रुपन्देहीबाट कास्की लगिँदै

रवि लामिछानेलाई रुपन्देहीबाट कास्की लगिँदै

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देहीबाट कास्की लगिँदै छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहिबार सकिएको थियो ।

लामिछानेको बयान सकिएलगत्तै हिजै बुद्धएयर मार्फत कास्की पठाउने तयारी गरेपनि मौसम प्रतिकुलताका कारण विमान नउडेपछि रुपन्देहीमै राखिएको थियो । बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार मौखिक र बुधबार तथा बिहीबार लिखित ७० भन्दा बढी प्रश्न सोधेको छ । उनको ३ दिनमा साढे २३ घण्टा बयान लिइएको छ ।

उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।अव उक्त बयानका आधारमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन तयार गर्ने छ। कास्की प्रहरीको हिरासतमा रहेका बेला लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले पूर्वडीआईजी छविलाल जोशीलाई पनि पोखराबाट रुपन्देही पुर्या‍एर बयानपछि पोखरा लगिएको थियो ।