टोकियो। जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’ को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ ।
मन्त्रीपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बिचमा देशको वृद्धि दर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ ।
तथ्याङ्कले बजारको अपेक्षा पूरा गरेको भएपनि अघिल्लो तीन महिनामा संशोधित ०.५ प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीडीपी ०.९ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित २.२ प्रतिशतको तुलनामा निकै कम हो ।
मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले दशकौंसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’ को अपेक्षा सरकारले गरेको बताएका छन् ।
उनले पत्रकारसँगको नियमित भेटमा भने, “हाम्रो देश एक महत्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा सङ्क्रमण गर्न लागेको छ ।
उनले भने, “यसलाई साकार पार्न हामी सबै सम्भावित आर्थिक र वित्तीय नीतिहरू लागू गर्नेछौं, जसमा हाल विचाराधीन प्याकेज पनि समावेश छ ।
गत महिना सत्तारुढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आम निर्वाचनमा नेतृत्व गरे पनि इशिबाले सोमबार संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन ।
सरकारले सन् २०३० सम्ममा १० ट्रिलियन येन (६४ अर्ब अमेरिकी डलर) भन्दा बढी को साथ एआई र सेमीकन्डक्टर क्षेत्रलाई समर्थन गर्ने योजना सार्वजनिक गरेका छन् ।
उनले यसै महिना नयाँ प्रोत्साहन प्याकेजका लागि पूरक बजेटको मस्यौदा पारित गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरेका छन । यसमा कम आय भएका परिवार र परिवारका सदस्यका लागि नगद हस्तान्तरणसमेतको योजना समावेश गरिएको छ ।
आन्तरिक परीक्षण स्क्यान्डलसँग सम्बन्धित व्यवधानपछि उत्पादन पुनः सुरु भएपछि कारहरूमा उच्च खर्चले त्रैमासिक अवधिमा उत्पादन बढाउन मद्दत पुर्याएको विश्लेषकहरूले बताएका छन् ।
तलब वृद्धि र अस्थायी आयकर कटौती पनि सकारात्मक कारक मानिएका छन् ।
यो वर्ष आएको ७.१ म्याग्नीच्यूडको भूकम्पीय झट्कापछि जारी गरिएको ‘महाभूकम्प’ चेतावनी र शानशान नाम दिइएको चक्रवात (आँधी) ले आर्थिक वृद्धिलाई सुस्त बनाएको छ ।
अगस्तको अन्त्यमा शानशानको अवतरणपछि औदोगिक उत्पादनमा पनि असर परेको थियो, जसले गर्दा जापानलाई रेल र उडान सेवाहरू रद्द गर्न बाध्य पारेको थियो ।
सोही महिनाको सुरुमा मौसम एजेन्सीले पहिलो पटक नयाँ चेतावनी प्रणालीअन्तर्गत जारी गरेको महाभूकम्प चेतावनीले ‘पर्यटनको मागमा कमी आएको’ बताएको थियो ।
यसले उपभोक्ताहरूलाई आपतकालीन आपूर्तिको स्टक गर्न उत्प्रेरित गरेकने थियो, जसले सुपरमार्केटहरूमा चामलको अभाव निम्त्याएको थियो । हजारौंले सप्ताहव्यापी परामर्शको समयमा बिदाहरू रद्द गरे ।
तेस्रो त्रैमासिकमा अर्थतन्त्रले गति गुमाएको छ र हामीलाई लाग्छ कि आगामी त्रैमासिकमा जीडीपी वृद्धि लक्ष्यको वरिपरि रहनेछ,” क्यापिटल इकोनोमिक्सका एशिया–प्यासिफिक प्रमुख मार्सेल थिलियान्टले शुक्रबार भनेका थिए ।
“यद्यपि, बैंक अफ जापान ‘उपभोक्ता खर्चको शक्तिबाट प्रोत्साहित हुनेछ र अर्को महिना हुने बैङ्कको बैठकमा दर वृद्धिको साथ अगाडि बढ्ने अपेक्षा अझैपनि गर्न सकिन्छ,” उनले भने ।