६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

क-कसले पायो नारी एकता आइकन अफ द इयर अवार्ड २०२४ ?

क-कसले पायो नारी एकता आइकन अफ द इयर अवार्ड २०२४ ?

न्युयोर्क : नारी एकता आइकन अफ द इयर अवार्ड २०२४ (Icon of the Year Award 2024) हासिल गर्न न्यूयोर्कका तीन प्रभावशाली नारीहरू सफल भएका छन्। विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा समर्पित रहेर समाजमा विशेष योगदान पुर्‍याउनु भएकी चर्चित दन्त चिकित्सक डा. सुलोचना गुरुङ, नेपाली भान्छा घर सञ्चालिका बिमला हमाल,समाजसेवी सुकु राई सम्मानीत भएका हुन्। गुरुङ Essence Smiles को सञ्चालिका समेत हुन् ।

यसैगरी प्रशंसा पुरस्कार (Appreciation Award) बाट समाजसेवी एवम् बुद्दिजिवी डा. प्रनय राणा र मिङमार मगरले पाएका छन्।  नारी एकता र समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दै appreciation Award बाट सामाजिक अभियन्ता लकेश श्रेष्ठ सम्मानित भएका छन। नारीहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यका साथ गरिएका यस अवार्डबाट सम्मानित भएका व्यक्तित्वहरु प्रभावित भई आगामी दिनमा समाज र राष्ट्रका लागि योगदान गर्न सबैमा प्रेरणा मिल्नेछ आयोजकको अपेक्षा छ।

अवार्ड समारोह Event Assembly member Steven Raga को प्रमुख आतिथ्य , नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) का अध्यक्ष तोरण गुरुङको विशेष आतिथ्य ,नारी एकताकि अध्यक्ष शान्ती गुरुङको सभापतित्व र एनआरएन न्यूयोर्ककी महिला उपाध्यक्ष लक्ष्मी थापा र नेपालका समाजसेवी एवम् बुद्दिजिवी डा. प्रनय राणाको विशेष उपस्थितिमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रमकाबीच सिलिन्डर सहयोगार्थ स्वरुप नेपालका समाजसेवी एवम् बुद्दिजिवी डा. राणालाई नारी एकता कि अध्यक्ष शान्ती गुरुङले १५ सय डलर बराबरको चेक हस्तान्तरण गरेकी थिइन्। छरिएर रहेका नारीहरूलाई एक ठाउँमा केन्द्रीकृत गर्दै समाज रुपान्तरण गर्न महिलाहरूलाई सामाजिक कार्यमा अग्रसर गराउन महिला नेतृ शान्ति गुरुङले भूमिका खेल्दै आएकी छन्।

सम्बन्धित खबर