२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

विवाह गरेको २९ वर्षपछि भारतीय संगीतकार एआर रहमानको ‘डिभोर्स’

विवाह गरेको २९ वर्षपछि भारतीय संगीतकार एआर रहमानको ‘डिभोर्स’

न्युयोर्क- भारतीय संगीतकार तथा गायक एआर रहमान र उनकी श्रीमती सायरा बानुले विवाह गरेको २९ वर्षपछि छुट्टिने निर्णय गरेका छन्।

२९ वर्ष लामो सम्बन्धलाई अन्त गर्ने निर्णयसँगै उनीहरुले आफ्ना फ्यानहरुलाई आफ्नो निर्णयको सम्मान गर्न आग्रह गरे। रहमान र सायरा बानुका वकिलले संचारमाध्यामलाई उनीहरु अलग भएको जानकारी गराएका थिए।

कानून व्यवसायी बन्दना शाहले विवाहको धेरै वर्षपछि एक अर्कासँग अलग हुने कठिन निर्णय लिएको बताए। यो फैसला उनीहरूको सम्बन्धमा आएको भावनात्मक तनावपछि लिएको जनाइएको छ।

उनीहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै वकिलले भनेका छन्, ‘एक अर्काप्रति अघात प्रेम र लगावका बाबजुद उनीहरूबीच उत्पन्न तनाव व्यवस्थापन हुन सकेन्।’

एक्समा एक पोस्ट गर्दै रहमानले पनि सम्बन्ध सकिएको बताए। त्यसअघि एक प्रेस वक्तव्य जारी गर्दै सायरा बानुले पनि अलग भएको जानकारी गराएकी थिइन्।

उनले अलग हुने निर्णय दुःख र पिडाले उब्जाएको बताइन्। एआर रहमान र सायरा बानुले १९९५ मा विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्।