६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

‘मिस इन्टरकन्टिनेन्टल’ मा डा. आयुष्नोभा

‘मिस इन्टरकन्टिनेन्टल’ मा डा. आयुष्नोभा

न्युयोर्क- इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गर्ने भएकि छन । शर्म अल शेखमा नोभेम्बर २१ देखि आयोजना हुने प्रतियोगिताका लागि उनी केही दिनपछि इजिप्ट जाँदै छिन । प्रतियोगिताका लागि उनले राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउने छिन ।

‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस भएको उनले बताइन । ताज नेपाल ल्याउने उद्देश्यसहित आफू प्रतियोगितामा सहभागी हुन लागेको उनको भनाइ छ । “प्रतियोगिताका लागि तयारी राम्रो गरेको छु,” ढुङ्गानाले भनिन्, “नेपालको नाम उचो गरेर फर्किन्छु ।” जितका लागि सबै नेपालीको शुभकामना र शुभेच्छाको अपेक्षा आफूले राखेको उनले सुनाइन ।

प्रतियोगिताका लागि उनले एक भिडियो पनि बनाएकि छन । जसमा नेपालको ऐतिहासिक धरोहर मठमन्दिर, प्राकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरनलगायतका कलासंस्कृतिसमेत झल्काउनुभएको छ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ को उपाधि विजेतासमेत रहेकी डा. ढुङ्गाना मोडल पनि हुन । कलाकारिता र चिकित्सा पेसा एकसाथ अगाडि बढाइरहेकी उनले बङ्गलादेशबाट एमबिबिएस गरेकि हुन ।