बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक अस्ट्रेलियाको संसद्मा पेस
- ०६ मंसिर २०८१
- १ मिनेटको पढाई
सिड्नी- अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने विधेयक त्यहाँको संसदमा पेश भएको छ । अस्ट्रेलियाको संसद्को तल्लो सदनमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन प्रस्ताव गरिएको विधेयक पेस गरिएको हो । यो विधेयक बिहीबार संसद्मा पेस भएको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउन विधेयक ल्याएको अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताए । अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् । तर, यो विषयमा धेरै विज्ञहरुले प्रश्न पनि उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढै राख्नु पर्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने उनको भनाइ छ ।