ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले लिए नाम फिर्ता
- ०७ मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो नाम फिर्ता लिएका छन् ।
ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्ना साथ कंग्रेस बाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन् । यसैबीच अमेरिकी निर्वाचित राष्ट्रपति ट्रम्पले पाम बोन्डीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।
न्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नव नियुक्त महान्यायाधिवक्ता बोन्डी फ्लोरिडाकी पुर्व महान्यायाधिवक्ता हुन् । गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव लत्याए सँगै सभामुख माइक जोनसनले उनको प्रसंशा गरेका छन् । उनले महान्यायाधिवक्ता बाट नाम फिर्ताको घोषण लगत्तै गेट्जको भविष्य उज्ज्वल रहेको बताएका हुन् ।
रिपब्लिकन प्यानलिष्टहरुले गेट्ज विरुद्धको छानविन प्रतिवेदन सार्वजनिक नगर्न दबाव दिएका छन् । छानविन समितिले गेट्ज माथि यौन दुर्व्यवहार र अन्य अपराधको अनुसन्धान गरेको जिकिर गरेको छ । समितिले केही साक्षीहरु सँग पनि समितिले बयान लिएको थियो ।