७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

‘बम’ नामक आँधीले पश्चिमी अमेरिका १ जनाको मृत्यु, ६ लाख मानिस विजुली विहीन

‘बम’ नामक आँधीले पश्चिमी अमेरिका १ जनाको मृत्यु, ६ लाख मानिस विजुली विहीन

न्युयोर्क- ‘बम’ नामक आँधीले पश्चिमी अमेरिकालाई प्रभावित बनाएको छ ।

उक्त शक्तिशाली आँधीको १ जनाको मृत्यु भएको छ भने ६ लाख मानिस विजुली विहीन भएका छन् । वासिङ्टनमा आँधिले रुख ढालदा एक महिलाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले रुख र बिजुलीका पोल ढालेपछि करिब ६ लाख मानिस अन्धकारमा परेका छन् । बुधबार ओरेगन, वाशिंगटन र क्यालिफोर्नियामा ८० किलोमिटर प्रतिघण्टा (५० माइल प्रतिघण्टा)को गतिमा बम आँधीले अधिक वर्षा एवं हुरी ल्याएको थियो ।

उक्त तीब्र गतिको हावाहुरी र अधिक वर्षा शुक्रबार सम्म जारी रहने अनुमान गरिएको समाचारमा उल्लेख गरिएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाले यो हप्ताको अन्त्यसम्म ज्यानै लिने खालको वर्षा, बाढी र तीब्र हावा तथा उच्च भू–भागमा हिमपातको अनुमान समेत गरेको छ ।