७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

पाकिस्तानमा गुडिरहेका सवारीसाधनमा बन्दुकधारीहरुको आक्रमण, ४२ जनाको मृत्यु

पाकिस्तानमा गुडिरहेका सवारीसाधनमा बन्दुकधारीहरुको आक्रमण, ४२ जनाको मृत्यु

न्युयोर्क- पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ।

बन्दुकधारीको आक्रमणबाट ४२ जनाको ज्यान गएको र थप १६ जना गम्भीर घाइते भएको पाकिस्तानको समाचार संस्था जीओ न्यूजले जनाएको छ। अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ। प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गर्दै  आतंककारीलाई कानूनी कठघरामा उभ्याउने बाचा गरेका छन्।

भूमिको स्वामित्वलाई लिएर सो क्षेत्रमा दशकौंदेखि शिया र सुन्नि मुश्लिम हतियारधारी समूहबीच विवाद रहँदै आएको छ। अहिलेसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन।