एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने
- १० मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी ब्यवसायी एलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन ।
फोब्स पत्रिकाका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्ति सहित मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्प जितेसँगै मस्कको विद्युतीय कार कम्पनी टेस्ला लगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएर उनको सम्पती बढेको हो ।
टेस्लाको शेयर मूल्यमा ३ दशमलब ८ प्रतिशतले वृद्धि भई साढे तीन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३ सय ५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको हो ।
मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ ।मस्कको सम्पत्ति दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ । मस्कलाई अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो टिममा महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।