नेपाल अमेरिकन कलाकार संघले “रमझम साँझ २०२४” गर्दै,ख्यातीप्राप्त कलाकारको विशेष प्रस्तुती रहने
- १६ मंसिर २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले साँस्कृतिक कार्यक्रम “रमझम साँझ २०२४” गर्ने भएको छ ।
डिसेम्बर २८ तारिकका दिन न्यूयोर्कको क्विन्स, वुडसाईड स्थित गुलशन ट्रेस हलमा साँझको ७:३० बजेदेखि कार्यक्रम हुने पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
कार्यक्रममा ब्यानर पनि सार्वजनिक गरिएको थियो। गायक राजेश पायल राईको विशेष प्रस्तुति सहित अन्य चर्चित गायक गायिकाको प्रस्तुति रहने आयोजकले बताएका छन।
चर्चित दोहोरी गायक राजन ठकुरी गायिका सिर्जना विरही थापा तथा मोडल तथा नृत्य निर्देशक शंकर विसी, मोडल पार्वती राई त्यस्तै नृत्य निर्देशक शिव विक तथा उषा लामाले नृत्य प्रस्तुत गरि मनोरञ्जन दिने छन । रश्मि तामाङ र बब्बु थापाले पनि नृत्य प्रस्तुत गर्ने जनाइएको छ।
त्यस्तै अमेरिकामा रहेका चर्चित नेपाली कलाकारहरूको प्रस्तुति सहित डिजे राजाको डिजे प्रस्तुति समेत रहने कार्यक्रम संचालक तथा संघका उपाध्यक्ष चर्चित दोहोरी गायक बिमल डाँगीले जानकारी दिए।
कार्यक्रममा संस्थाको अध्यक्ष बसन्ती राईले ‘यस “रमझम साँझ २०२४” कार्यक्रम सफल पार्न सम्पूर्ण नेपाली न्यूयोर्क बासीहरूलाई सहयोग, साथ र उपस्थितीको लागी आह्वान समेत गरेकी छिन् ।