१९ मंसिर २०८१, बुधबार
4 December 2024, Wednesday

बाइडेनले आफ्नो छोरा हन्टरलाई दिए आममाफी

बाइडेनले आफ्नो छोरा हन्टरलाई दिए आममाफी

न्युयोर्क- अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । आइतबार बाइडेनले संघीक कर र बन्दुकसम्बन्धी अभियोगमा यही महिला सजाय भोगेका आफ्ना छोरालाई माफी दिएका हुन् । उनी आफ्नो छोरा भएको कारणले मात्र निशाना बनाइएको भन्दै उनले आफ्नो छोराको बचाव पनि गरेका छन् ।

‘आज मैले मेरो छोरा हन्टरका लागि माफीमा हस्ताक्षर गरेको छु,’ एउटा विज्ञप्तिमा बाइडेनले भनेका छन् । यो पूर्ण र शर्तरहित माफी भएको बताइएको छ । योसँगै हन्टरमाथि लागेका सबै अपराधिक मामिला रफा–दफा भएका छन् । यो माफी पत्रलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले खारेज गर्न पाउने छैनन् । बाइडेनले छोरालाई माफी दिएपछि ट्रम्पले यसलाई नयाँको दुरुपयोग भनेका छन् ।

बाइडेनले राष्ट्रपतिको पदभार सम्हाल्दा नै न्याय मन्त्रालयको फैसलामा दख्खल दिँदिन भनेका थिए । यो वाचा आफूले निभाएको तर छोरालाई निशाना बनाइएको र उ माथि गलत मुद्दा चलाइएको देखेपछि आफूले यस्तो कदम चालेको पनि उनले भनेका छन् ।