२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत। कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा ‘म्यानचेस्टरका लागि गल्फ एयरको उडान अन्ततः सोमबार बिहान ४ः३४ बजे  भारतीय यात्रुहरूसहित प्रस्थान गरेको जनाइएको छ ।”

प्राविधिक समस्याका कारण गल्फ एयरको उडानलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएपछि आइतबार भारतीय यात्रु १३ घण्टाभन्दा बढी समय कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका थिए ।

मुम्बईबाट म्यानचेस्टरका लागि गल्फ एयरको उडानमा यात्रा गरिरहेका यात्रुहरूले लामो पर्खाइको समयमा खाना, आवास वा आधारभूत सहायता नपाएको गुनासो गरेका छन् ।

यद्यपि भारतीय दूतावासले ‘लाउन्ज’मा फसेका यात्रुहरूका लागि खाना र पानी उपलब्ध गराएको जनाएको छ भने दूतावासका अधिकारीहरूले यात्रुहरूलाई दुईवटा विमानस्थलको लाउन्जमा राखिएको बताएका छन् ।