‘सम्धी’ लाई फ्रान्सकाे राजदूत बनाउने डाेनाल्ड ट्रम्पकाे निर्णय
- १८ मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई फ्रान्सका लागि राजदूत नियुक्त गरेका छन। चार्ल्स कुशनर ट्रम्पका सम्धी हुन । ट्रम्पकी छोरी इभान्काले चार्ल्स कुशनरका छोरा जेरेड कुशनरसँग विवाह गरेका छन ।
सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिएका थिए । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’ मा कुशनर एक उत्कृष्ट व्यापारिक नेता र सम्झौताकर्ता भएको बताउँदै उनी अमेरिका र यसको हितका लागि बलियो प्रतिनिधि साबित हुने उल्लेख गरेका छान ।
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले प्रशासनको महत्त्वपूर्ण पदका लागि आफन्तलाई रोज्नुभएको बीबीसीले जनाएको छ । चार्ल्स कुशनरलाई फ्रान्सका लागि राजदूतका रूपमा घोषणा गर्दै ट्रम्पले उनीसँग काम गर्न पाउँदा उत्साहित भएको बताएका छन ।