२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर

बेइजिङ। नेपाल र चीनबिच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।

बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो ।