अमेरिकाले नेपाली विद्यार्थीकालागि भिसा आवेदन खोल्ने
- १९ मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खोल्ने भएको छ ।
अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै सन् २०२५ को अप्रिल, मे, जुन र जुलाईका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जनाएको हो । दूतावासले आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।
दूतावासले जारी गरेको सूचना अनुसार अप्रिल २०२५ को आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ को आवेदन १३ मार्चमा बिहान ८ बजे खुल्ने उल्लेख छ ।
यस्तै जुन २०२५ का आवेदन १७ अप्रिल बिहान ८ बजे खुल्नेछ भने जुलाई २०२५ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने बताइएको छ ।