८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

बेलायतमा धेरै चिनी भएका खाद्य पदार्थहरूमा दिउँसो टिभी विज्ञापनमाथि प्रतिबन्ध

बेलायतमा धेरै चिनी भएका खाद्य पदार्थहरूमा दिउँसो टिभी विज्ञापनमाथि प्रतिबन्ध

बेलायत सरकारले बालबालिकाको मोटोपना विरुद्धको लडाइँमा ग्रानोला र मफिन जस्ता चिनीयुक्त खानाहरूका लागि दिनको समयमा टिभी विज्ञापनमा प्रतिबन्ध लगाउँदै तिनीहरूलाई जङ्क फूड (पत्रु खाना) भनेर चिनाएको छ ।

मङ्गलबार सार्वजनिक गरिएको कदमअनुसार ‘कम स्वस्थ’ खाद्य पदार्थ र पेयपदार्थका विज्ञापनहरू अर्को वर्ष अक्टोबरदेखि राति ९ बजेपछि मात्र प्रसारण गर्न पाइनेछ ।

राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार बेलायती बालबालिकामा मोटोपना बढ्दै गएको छ र १० मध्ये एक चार वर्षका बालबालिकालाई अहिले मोटो मानिन्छ । पाँचमध्ये एक जना पाँच वर्षका बालबालिकामा धेरै चिनी खाँदा दाँत क्षय हुने समस्या छ ।

सरकारको सूचीमा प्रत्येक खाद्य पदार्थको चीनी, बोसो र नुनको मात्रा हेरेर स्कोर गरिएका क्रोइसेन्ट, प्यानकेक र वेफल जस्ता प्याक गरिएका चिनी बढी भएका नास्ताका खाद्य पदार्थहरू पनि समावेश छन् ।

“खानका लागि तयार अन्न, ग्रानोला, मुसली, दलिया ओट्स र अन्य जौमा आधारित अन्नहरू सहित बिहानको खाजा अनाजहरू समावेश गरिएको छ”, सरकारले भन्यो ।

प्रतिबन्धित सूचीमा चना वा दालमा आधारित क्रिस्प, समुद्री शैवालमा आधारित स्न्याक र बम्बे मिक्सका साथै ऊर्जा पेय, ह्याम्बर्गर र चिकन नगेट्स जस्ता उत्पादनहरू पनि छन् ।

तर नयाँ प्रतिबन्धहरू प्राकृतिक दलिया ओट्स र चिनीबिनाको दही जस्ता स्वस्थ विकल्पहरूमा लागू हुने छैनन् ।

सरकारले नयाँ उपायहरूले एक वर्षमा बाल्यकालको मोटोपनाका करिब २० हजार मामिला रोक्न मद्दत गर्न सक्ने आशा गरेको छ ।

“मोटोपनाले हाम्रा बालबालिकालाई जीवनको सर्वोत्तम सुरुआत दिन रोक्छ, तिनीहरूलाई जीवनभर स्वास्थ्य समस्याहरू निम्त्याउँछ र एनएचएसलाई अर्बौं पाउँड खर्च गर्न बाध्य पार्छ”, स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङले भने, “यो सरकार अहिले टिभी र अनलाइन दुवैमा बालबालिकालाई लक्षित जङ्क फुड विज्ञापनहरूलाई रोक्ने कार्य गर्दैछ ।”