५ बैशाख २०८२, शुक्रबार
18 April 2025, Friday

रवि लामिछानेलाई भेट्न कास्की पुगे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

रवि लामिछानेलाई भेट्न कास्की पुगे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न भट्टराई कास्की पुगेका हुन्।

लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।