२८ चैत्र २०८१, बिहिबार
10 April 2025, Thursday

बीपीन जोशीलाई छुटाउने प्रयास जारी छ : राजदूत आरीबास

बीपीन जोशीलाई छुटाउने प्रयास जारी छ : राजदूत आरीबास

नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक आरी बासले हमास समूहले इजरायलबाट लगेर बन्धक बनाएका नेपाली युवक बीपीन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताएका छन ।

काठमाडौंस्थित राजदूत निवासमा आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिएका हुन । गत वर्ष अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गर्दा त्यहाँ कृषिसम्बन्धी अध्ययन गर्दै काम गर्न गएका नेपालीमध्ये १० जनाको ज्यान गएको थियो । केही घाइते भएकाहरुको उपचार भएर स्वदेश फर्केका छन् । तर बीपीन जोशीको अवस्था अझै अज्ञात छ ।

राजदूत श्मुलिकले हमासले बन्धक बनाएका जोशीलगायत इजरायली र अन्य मुलुकका १०० जनाको अवस्था बुझ्न र फर्काउन इजरायली सरकारले निरन्तर प्रयास गरिहेको बताउनुभयो । उनले भनेर, ‘‘इजरायललाई प्राप्त सूचनाअनुसार बन्धक बनाइएकाहरु अन्य ब्यक्तिहरुसँगै बीपीन जोशी रहेका छन् । उनीहरुलाई कहाँ कुन अवस्थामा राखिएको छ । त्यो जानकारी अझै भएको छैन ।’’

उनले इजरायलमा कृषि क्षेत्रमा सिक र कमाउ कार्यक्रम अन्तर्गत पुगेको नेपाली विद्यार्थीमध्ये हमास आक्रमणमा परेर ज्यान गुमाएका अन्य १० जना नेपाली युवाका परिवारलाई इजरायली सरकारले त्यहाँका जनता सरह नै मासिक भत्ताको ब्यवस्था गरेको पनि बताए ।

उनले पछिल्लो केही दिन यता इजरायल र लेबनानबिचको युद्ध केही मत्थर हुँदै गएकाले छिट्टै युद्धविराम गरेर अगाडि बढ्न सक्ने अपेक्षा आफूहरुले गरिरहेको पनि बताए । उनले इजरायलको अस्तित्व नै समाप्त गर्न चाहने हमासजस्ता समूहबाट भने सधै सशंकित रहेको बताए ।

उनले इजरायलमा कामदारको ठुलो खाँचो रहेकाले त्यहाँको वातावरण शान्त हुने बित्तिकै नेपाली युवालाई जीटूजी अन्तर्गत नै लैजान तयार भएको पनि स्पष्ट पारे । इजरायल जाने प्रक्रियामा रहेका करिब दुई हजार नेपाली युवाको प्रक्रिया छिट्टै पूरा हुने विश्वास पनि उहाँले ब्यक्त गरे ।

उनले भने, ‘‘नेपालबाट कामको लागि इजरायल पुग्नेहरु निश्चित समय पछि राम्रो सीप र रकम लिएर स्वदेश फर्कने छन् । अन्य देशमाजस्तो त्यही बस्ने भन्ने हुँदैन । इजरायले दोस्रो मुलुकबाट लैजाने श्रमिकहरुलाई इजरायली सरह नै सेवा सुविधा दिने गर्छ । कुनै विभेद गर्दैन ।”