१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

मुम्बईमा अनियन्त्रित बसले किच्दा चार जनाको मृत्यु, २५ घाइते

मुम्बईमा अनियन्त्रित बसले किच्दा चार जनाको मृत्यु, २५ घाइते

न्युयोर्क- भारतको मुम्बईमा सोमबार राति भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ।  सो दुर्घटनामा २५ जना घाइते भएको भारतीय सञ्चारमाध्यले जानकारी दिएको छ। कुर्लामा बस अनियन्त्रित भई सवारीलाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता प्रक्रिया सुरु गरिएको छ। सबै घाइतेको उपचार भइरहेको छ। बस कुर्लाबाट अन्धेरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो।