१ असार २०८२, आइतवार
15 June 2025, Sunday

एनपीएलमा लुम्बिनीको पहिलो जित, कप्तान रोहितको अलराउन्ड प्रदर्शन

एनपीएलमा लुम्बिनीको पहिलो जित, कप्तान रोहितको अलराउन्ड प्रदर्शन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ।

एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलाई आठ विकेट लिएर एक सय ३४ रनमा समेट्दै लुम्बिनीले ३३ रनको जित निकालेको हो।

पाँचौं खेल खेल्दा लुम्बिनीले पहिलो जित दर्ता गरेको हो। यसअघिका चारै खेलमा लुम्बिनी पराजित भएको थियो। चितवन भने पाँच खेलमध्ये तीनमा जित र दुईमा हार व्यहोरेको छ।

लुम्बिनीको जितमा कप्तान रोहित कुमार पौडेलले अलराउन्ड प्रदर्शन गरे। ब्याटबाट ८० रन बनाएका उनले बलिङतर्फ चार विकेट लिए। जसकारण उनी प्लेयर अफ दि म्याच समेत भए।

चितवनका लागि लस बेनकेस्टिङले सर्वाधिक ३१ रन बनाउँदा कप्तान कुशल मल्ल २०, रवि बोपारा १२, सन्तोष कार्की १० ले १० रन बनाए। नरबहादुर सार्की र रिजन ढकालले अविजित रहँदै क्रमश: २२ र १५ रन बनाए।

लुम्बिनीका लागि कप्तान पौडेलले चार विकेट लिँदा रमोन सिमोड्सले दुई तथा साद बिन जफर तथा अभिशेष गौतमले समान एक-एक रन लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन जोडेको थियो।

उसका लागि कप्तान पौडेल र साद बिन जफरले क्रमशः ८० र ५२ रन बनाए। अर्जुन साउदले १५ रन बनाउँदा टम मोर्सले १० रन जोडे।

लुम्बिनीका लागि ओपनर आशुतोष गिराहिया १ रनमा आउट हुँदा तेस्रो नम्बरमा आएका उन्मुक्त चन्द समेत डक भए। सन्दीप जोराले अन्तिममा चार रनको अविजित पारी खेले।

चिवतनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले एक-एक विकेट लिए।