१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

अमेरिकाको युनाइटेड हेल्थ केयरका सीईओ हत्याका संदिग्ध सार्वजनिक

अमेरिकाको युनाइटेड हेल्थ केयरका सीईओ हत्याका संदिग्ध सार्वजनिक

न्युयोर्क- प्रहरीले संयुक्त राज्य अमेरिकाको युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन थमसनको हत्यामा संलग्न आरोप लागेका व्यक्तिलाई सोमबार पेन्सिलभेनियाको अदालतमा पेस गरेको छ।

बीबीसीका अनुसार थमसन हत्या आरोपमा प्रहरीले लुइगी म्यान्गिओन नाम गरेका व्यक्तिलाई सोमबार अदालतमा उपस्थित गराएको हो।

अदालतले म्यान्गिओनको धरौटीको निवेदन खारेज गरेको छ। ब्रायन थमसन अमेरिकाको सबैभन्दा ठूलो निजी बीमा कम्पनीका सीईओ थिए। उनको बुधबार म्यानह्याटनमा हत्या भएको थियो।

थमसनले सन् २००४ मा कर्पोरेट विकास निर्देशकका रूपमा कम्पनीमा काम गर्न थालेका थिए। उनी अप्रिल २०२१ मा सीईओ बनेका थिए।