रवि लामिछानेलाई पोखरा लगिँदै
- २६ मंसिर २०८१
- १ मिनेटको पढाई
काठमाडौं- सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ । उनलाई बुधबार दिउँसो काठमाडौंबाट पोखरा लगिएको हो ।
बयान पूरा भएपछि पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सिमरा विमानस्थलबाट कास्की पठाएको थियो । उनलाई काठमाडौं हुँदै पोखरा लगिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो ।