२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नेपाली सेनाका ११५ शान्ति सैनिक लिबिया प्रस्थान

नेपाली सेनाका ११५ शान्ति सैनिक लिबिया प्रस्थान

काठमाडौं- संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत नेपाली सेनाका ११५ जना शान्ति सैनिक शनिबार लिबिया प्रस्थान गरेका छन्।

लिबियामा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनको यूएन गार्ड यूनिटमा कार्यरत नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न यो टोली लिबिया प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले पहिलो चरणमा ११५ जना सैनिकको टोली पठाइएको बताए।